वीरगञ्ज। वीरगन्जमा कोरोनाभाइरसकाे संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ ।

मंगलबार वीरगञ्ज महानगरपालिका २० हरपतगञ्जका ५३ वर्षका पुरुषको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिएका छन् ।

संक्रमित पुरुषको मंगलबार बिहान पौने एक बजे उपचारको क्रममा नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा मृत्यु भएको डा.चौरसियाले बताए ।

उनी मधुमेह, मिर्गौलाका समेत रोगी थिए । योसँगै पर्सामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

उनको साउन ३० गते स्वाब संकलन गरी परीक्षण गरिएकोमा ३१ गते कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय