विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार मन्त्री घिमिरेको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ आएको हो।

आइतबारदेखि लगातार पखाला लागेको र सोमबार ज्वरोसमेत आएपछि मन्त्री घिमिरेको सोमबार बिहान स्वाब संकलन गरिएको थियो ।

सोमबार साँझ कोरोना पोजिटिभ पुष्टि भएका मन्त्री घिमिरे अहिले घरमा नै रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय