भरतपुर । चितवन जिल्लामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालाबाट सोमबार राति प्राप्त रिपोर्टमा थप ३५ जनामा कोरोना पोजेटिभ देखिएको हाे ।

उनीहरुमध्ये ३१ जना भरतपुर महानगरपालिकाभित्रका छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीले नमूना परीक्षणमा चितवनका १५ र अन्य जिल्लाका पाँच जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइन् ।

चितवनका नयाँ संक्रमितहरू १८ देखि ६५ वर्ष उमेर समूहका छन् । भरतपुर अस्पताल र पुष्पाञ्जलिबाट उनीहरूको स्वाब संकलन गरिएको हो । पूर्वीचितवनको राप्ती नगरपालिकामा तीन जना थपिएका छन् ।

नवलपरासी, कैलाली, पर्सा, अछाम र रौतहटका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

धुलिखेल परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय