
विराटनगर । विराटनगरमा थप एक मिहलाकाे काेराेनाभाइरसकाे संक्रमणबाट मृत्यु भएकाे छ ।
विराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणका कारण मंगलबार राति मृत्यु भएको हाे ।
मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा राति ८ बजेतिर श्रेष्ठ थरकी महिलाको मृत्यु भएको जनाइएकाे छ ।
श्वासप्रश्वासमा समस्या भएपछि संक्रमित महिलालाई दिउँसो उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।