कोरोनाभाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए।

मृत्यु हुनेमा एक जना महिला र ६ जना पुरूष छन्।

मृत्यु हुनेमा काठमाडौंकी एक महिला, सिराहाका एक पुरूष, पर्साका एक पुरूष, धनुषाका एक पुरूष, काठमाडौंका २ जना पुरूष र रूपन्देहीका एक जना पुरूष छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय