उर्लाबारी । पूर्वी पहाडी जिल्ला र भारतबाट सहज रुपमा तरकारी नआउँदा अहिले बजारमा तरकारीको मूल्य आकाशिएको छ । बजारमा पूर्वी पहाडी क्षेत्रको तरकारी मात्रै छ । केही समय अघिसम्म प्रतिकिलो ५० रुपैयाँमा पाइने टमाटरको मुल्य अहिले १५० रुपैयाँसम्म पुगेको छ ।
२५ रुपैयाँ मुठामा पाइने हरियो साग ६० रुपैयाँ पुगेको छ । ३५ रुपैया किलो पर्ने काउली एक सय रुपैया पुगेको छ । ४० रुपैया किलो पर्ने बोडी अहिले एक पावाकै ४० रुपैया पुगेको छ । बजारमा तरकारीको मुल्य हत्तै बढे सँगै उपभोक्ताहरुमा मारमा परका छन । लकडाउनको समयमा उपभोक्ताहरुहरु जति भन्यो त्यती मुल्य तिर्न बाध्य छन् ।
सिमि, बोडी, हरियो साग, अदुवा, लसुन, धनिँयालगायतको बजार भाउ छोइनसक्नु बढेको बजारभाउ धेरै बढेकाले लकडाउनमा समस्या हुन थालेको स्थानीय पोषराज पोख्रेलले जानकारी दिनुभयो । अहिले ३ सयको एक छाक तरकारी पनि हुन छाडेको उनको गुनासो छ । उर्लाबारी नगरपालिकाले बाहिरका सब्जीका गाडीहरुलाई नियन्त्रणमा लिई २० हजार जरिवाना गर्न थालेपछि थप सब्जीको मुल्य आकाशिएको छ । सब्जीबाट कोरोना सर्न सक्ने खतरा रहेको भन्दै नगरपालिकाले सब्जीमा कडाई गरेको छ । तर, सब्जीबाट कोरोना सर्ने सम्भावना नरहेको विज्ञहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय