उर्लाबारी । मोरङको उर्लाबारीमा लकडाउन जारी रहेको छ । उर्लाबारीमा दोस्रो चरणमा तरकारी पसल र खाद्यन्न पसल समेत बन्द गर्ने गरी लकडाउन गरेको छ । यो अवधिमा पनि कोरोनाको जोखिम कम नभएको र समुदाय स्तरमा पुग्ने खतरा बढेकाले भदौ १४ गते सम्ममा यही शैलीको लकडाउन अवधि थप्ने निर्णय भएको थियो । औषधि बाहेक अन्य सबै पसल बन्द गर्ने निर्णय भएको छ । औषधि पसलमा पनि संक्रमण देखिएकाले औषधि बाहेकका अन्य कुनै पनि कारोबार र सेवा पूर्णरुपमा निषेध गरिएको जनाइएको छ ।
औषधि ब्यवसायीले अनिवार्य मास्क र पञ्जा लगाउने र सामाजिक दुरी कायम गर्ने गरिको पसल अगाडी रेखाङ्कन गर्ने वा कुनै संकेत चिन्ह अनिवार्य लगाउनु पर्ने छ । अन्य कुनै पनि पसल, बित्तीय संस्था तथा , सरकारी कार्यालय एवं सार्वजनिक सस्थानहरु अर्को निर्णय नभए सम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । यस्तै, अतिआवश्यक तथा निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन भने जोरविजोर प्रणालीमा सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय