झापा । झापाको दमकमा कोरोना संक्रमण पुष्टि भएका एक ब्यक्तिको मृत्यु भएको छ ।
दमक नगरपालिका वडा नं. १ का एक ब्यक्ति उपचारका लागि काठमण्डौस्थित ह्याम्स हस्पिटलमा उपचारका लागि गएका थिए । उनलाई त्यहाँ जाँचको क्रममा कोराना देखिएको थियो । अहिले उनको परिवारको कन्ट्याक्ट ट्रेसिङ लगायतको काम दमकमा सुरु भएको जनाइएको छ । मृतक पुरुष हुन् । कोरोना संक्रमणका कारण दमकमा अहिलेसम्म कसैको पनि मृत्यु भएको थिएन । उनी पहिलो हुन् । दमकमा पछिल्लो समयमा समुदायमा कोरोना सक्रमण फैलिदो अवस्थामा रहेको छ । मृतकका परिवारका सदस्यहरु दमकमा नै रहेको जनाईएको छ ।
पूर्व न्यूजको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय