विराटनगर । प्रदेश १ मा गएको २४ घण्टामा १०२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार थप ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

मोरङका ४९, सुनसरीका ३०, झापाका १६, भोजपुरका ३, इलामका १ र प्रदेश बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २० महिला र १३ पुरुष, सुनवर्षीमा २ महिला र ८ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । यस्तै सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा ५ र महिला ३ पुरुष, धरानमा १ महिला ३ पुरुष, गढीमा १ महिला ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता झापाको दमकका ३ महिला र १३ पुरुष, भोजपुरको अरुण गाउँपालिकाका ३ पुरुष, इलामको देउमाईका १ पुरुष तथा प्रदेश १ बाहिरका २ महिला र १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ५८९ पुगेको छ । प्रदेश १ मा हाल सम्म १ हजार २४३ जना डिस्चार्ज भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय