
काठमाडौँ । नेपालमा थप ६ सय ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या ३१ हजार १ सय १७ जना पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ सय ३६ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ ।
हाल देशभर १२ हजार ६ सय २१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १२ हजार ५ सय १९ जनाको पीसीआर परीक्षण भएको थियो ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १ सय ४६ जना पुगेको मन्त्रालयले जनाएको छ ।