झापा । झापाको दमकमा आज मात्रै १६ जनालाई कोरोना पोजेटिभ देखिएको छ । नेपाल विद्युत प्राधिकरण दमकमा कार्यरत ६ जना कर्मचारीमा कोरोना देखिएको हो ।
यस्तै दमकको पाथीभरा होटल क्वारेन्टाइनमा बसेका ८ जना, एक जना समुदाय स्तरमा देखिएको जनाइएको छ । यस्तै संक्रमण देखिएका एक जनाको भने कुन कार्यालयमा कार्यरत खुल्न बाकीँ रहेको छ ।
आज संक्रमण देखिएका ३ जना महिला हुन भने अरु पुरुष रहेका छन् । संक्रमण देखिएका २१ देखि ५५ बर्ष उमेर समुहका छन् । पूर्व न्यूजको सहयोगमा