
उर्लाबारी । सामाजिक, शिक्षा तथा सहकारीको क्षेत्रमा विजयकुमार कार्कीको नाम नौलो होइन । श्रीसगरमाथा बचत तथा ऋण सहकारी संस्था लि. उर्लाबारी–५ को अध्यक्षसमेत रहनु भएका कार्की सहकारी अभियान, सामाजिक सेवा तथा शिक्षासेवीको रुपमा परिचित हुनुहुन्छ ।
निरन्तर श्रीसगरमाथा साकोसलाई यो स्थानसम्म ल्याई पु¥याउन कार्कीको महत्वपूर्ण भूमिका रहँदै आएको छ । एक कार्यकाल अध्यक्षको सफलतापूर्वक जिम्मेवारी निर्वाह गरिसक्नुभएका कार्की दोस्रो कार्यकाल अध्यक्ष बनेर श्रीसगरमाथा साकोसलाई नमूना बनाउने जमर्कोमा हुनुहुन्छ । कार्कीले संस्थाबाट अध्यक्षले पाउने कुनै सेवा सुविधा लिनु भएको छैन । निस्वार्थ सेवा गर्ने अभिप्रायले संस्थाको काममा खटिरहेको उहाँले बताउनुभयो । अध्यक्षका उम्मेद्वार कार्की भन्नुहुन्छ, ‘सहकारीमा मैले नामका लागि होइन, कामका लागि उम्मेद्वारी दिएको हो । ‘सहकारीको नेतृत्वमा एक पटक पुनः तपाई आउनुहोस् भनेर शेयर सदस्य ज्यूहरुले अनुरोध गर्नुभएको छ,’ उहाँ भन्नुहुन्छ, ‘ सम्पूर्ण शेयर सदस्यहरुले उठ्नुस्, हामी सघाउँछौँ भन्नुभएको छ ।’
उहाँले आगामी चार वर्षे कार्यकालका लागि जनअपेक्षासहितका एजेण्डालाई समाधान गर्दै सहकारीको मुल्य र मान्यतालाई आत्मसाथ गर्दै सामुहिक हितका लागि उम्मेदवारी रहेको बताउनुभयो । ‘म संस्थामा रहँदा पनि र नरहँदा पनि सँधै सस्थाको हितमा लागि लागिपरेको छु ।’ उहाँले भन्नुभयो–‘सबै सेयर सदस्यहरुको हितमा मैले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको छु, आशा छ सबै सदस्यहरुको सद्भाव म माथी रहने नै छ ।’