विराटनगर। विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेशनमा बसेका विराटनगर– ६ का ४५ वर्षिय कामत थरका पुरुषको मृत्यु भएको हो ।

१ भदौंमा स्वाब संकलन गरेका उनको ३ भदौंमा पोजेटिभ रिपोर्ट आएको थियो ।

रिपोर्ट पोजेटिभ आएपनि आइसोलेशनमा बेड अभावका कारण संक्रमित घरमै थिए । घरमै रहेको अवस्थामा बिहीबार राति मृत्यु भएको विराटनगर महानगरपालिका– ६ का अध्यक्ष विजय कामतले जानकारी दिए ।

‘आइसोलेशनमा लैजाने तयारी थियो । कतै बेड पाइएन् ।’ उनले भने ‘होम आइसोलेसनमा बस्दा मृत्यु भएको हो ।’ मृतक पुरूषमा उच्चरक्तचाप र अन्य राेगकाे समस्या थियाे ।

योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय