उर्लाबारी । मोरङको उर्लाबारी–३ स्थित मंगलबारे अस्पतालमा इमरजेन्सी कक्ष बन्द भएको छ ।
अस्पतालमा उपचारका लागि आएका मोरङ कानेपोखरी–४ घर भएका ८५ वर्षीय वृद्धमा कोरोना भाइरसको संक्रमण देखिएपछि शनिबारसम्मका लागि इमरजेन्सी कक्ष बन्द गरिएको हो । साउन ३२ गते बृद्धलाई ज्वरो आएपछि मंगलबारे अस्पतलामा ल्याइएको थियो । वृद्धको थप उपचारका लागि विराटनगर लैजाँदा गरिएको पीसीआर परीक्षणको रिपोर्ट कोरोना पोजिटिभ देखिएको मंगलबारे अस्पतालले जनाएको छ । शनिबार बिहान ७ बजेसम्म इमरजेन्सी कक्ष बन्द रहने अस्पतालले जनाएको छ । इमरजेन्सी कक्ष बन्द भएपनि बाहिर नै ईमरजेन्सी सेवा र अन्य सेवाहरु सूचारु हुने अस्पतालले बताएको छ । वृद्धका छोरा उर्लाबारी नगरपालिकाको नगर प्रहरीमा कार्यरत रहेको बुझिएको छ । उनी हाल क्वारेन्टाइनमा बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय