
उर्लाबारी। उर्लाबारी नगरपालिकामा लकडाउनलाई थप प्रभावकारी बनाउन आजदेखि बैकिङ्ग सेवा पनि बन्द गरेको छ ।
श्रावण ३२ गतेको नगर स्तरिय कोभिड–१९ क्राईसेस मेनेजमेन्ट सेन्टरको बैठकले नगरमा एक साता देखि जारी लकडाउनको मोडालिटीलाई परिमार्जीत गर्दै नगर क्षेत्रमा औसधी पसल र बैकिङ्ग क्षेत्र मात्र खुल्ला गर्ने निर्णय गरेको भएता पनि भाद्र ३ गते सम्मको गतिविधीले बजारमा अनावश्यक भिड्भाड भएकाले समुदायमा कोरोना संक्रमण फैलिन सक्ने संभावना भएको भन्दै भाद्र ७ गते सम्मको लागि बैकिङ्ग क्षेत्र पनि पूर्ण रुपमा बन्द गर्ने नगर प्रमुख खड्ग फागोद्धारा हस्ताक्षर भएको सूचनामा जनाईएको छ । नगरपालिका द्धारा जारी उक्त सार्वजनिक सूचनामा अनावश्यक काम वाहेक घर वाहिर ननिस्कन र अत्वश्यक निर्माणका कार्य भएमा मात्र सामाग्री ढुवानी गर्न जोर बिजोर प्रणाली अन्र्तगत सवारी साधन संचालन गर्न उल्लेख गरीएको छ ।