उर्लाबारी । कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा भारतीय बजारबाट सब्जी भित्रिने गरेको पाइएको छ ।
उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राई, उर्लाबारी उद्योग बाणिज्य संघका अधयक्ष प्रितम खड्गी, नगर प्रहरी प्रमुख याम कार्कीसहितको टोलीले भारतीय गाडीमा सब्जी ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएपछि सो रहस्य खुलेको हो । भारतीय नम्बरको आरजे १४ जी जे ७८६१ नम्बरको फुलबडी ट्रकमा आलुलगायतका सब्जी लिएर उर्लाबारी आएको स्थानीयले जानकारी गराएपछि उक्त टोली स्थलगत रुपमा पुगेर २० हजार रुपैयाँ जरिवानासहित गाडीलाई फर्काइएको नगरप्रहरी प्रमुख याम कार्कीले जानकारी दिनुभयो । कोरोना संक्रमण समुदाय स्तरमा फैलिन नदिन उर्लाबारीमा बाहिरका सब्जी निषेध गरिएको समयमा भारतीय सब्जी भित्रिने गरेको पाएकाले सचेत रहन उर्लाबारीका मेयर खड्ग फागोले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय