उर्लाबारी । मोरङको उर्लाबारीमा लकडाउन थप कडा पारिएको छ । उर्लाबारीबाहिरबाट भित्रिने सब्जीका आधा दर्जन बढी गाडी आज विहान नियन्त्रणमा लिएको छ भने भारतबाट मल ल्याउँदै गरेको मलसहित गाडीसमेत नियन्त्रणमा लिएको छ ।
माक्सको प्रयोग नगर्नेहरुलाई समेत उठबस गराइएको छ ।

 

माक्सको अनिवार्य प्रयोग गर्न र अतिआवश्यक बाहेक काममा बाहिर ननिस्किन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताउनुभयो । लकडाउनको पूर्ण रुपमा पालना गर्न उहाँले सम्पूर्ण नगरबासीलाई अपिल गर्नुभएको छ । मेयर फागोसहितको टोली अहिले अनुगमनमा निस्केको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय उर्लाबारी र सशस्त्र प्रहरी वेश क्याम्पले पनि लकडाउनलाई कार्यान्वयनमा परिचालित भएको छ । त्यस्तै, नगर प्रहरीले दैनिक लकडाउन पालनाका लागि अनुरोध गरिरहेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय