उर्लाबारी । मोरङ क्षेत्र नं. १ मा एमालेबाट प्रतिनिधिसभामा कसले उम्मेद्वारी पाउँछ भन्ने विषय चासोको साथ हेरिएको छ ।
पूर्वउपसभामुख तथा पूर्वमन्त्री डा.शिवमाया तुम्बाहाङ्फे र वर्तमान सांसद घनश्याम खतिवडा यसपटक प्रत्यक्ष चुनाव लड्ने प्रयासमा हुनुहुन्छ । एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएकी तुम्बाहाङ्फे उर्लाबारी निवासी हुनुहुन्छ भने प्रदेश कमिटी सदस्य खतिवडा लेटाङ निवासी हुनुहुन्छ । यो क्षेत्रमा हाल एमालेकै खतिवडा सांसद हुनुहुन्छ । स्थानीय लोकप्रियताको हिसाबले खतिवडा अगाडि हुनुहुन्छ । पार्टीभित्रको वरियता तथा महिला र जनजाति भएका कारण तुम्बाहाङ्फे पनि प्रभावशाली उम्मेदवार हुन सक्ने अड्कल काटिएको छ । दुबै पार्टी अध्यक्ष केपी ओली टिकट भएका कारण यसले यस पटक टिकट हत्याउन सफल बन्ला भन्ने विषय निकै चासोका साथ हेरिएको छ ।
अन्य आंकाक्षीको सम्भावना के हो ?
तुम्बाहाङ्फे र खतिवडाको अलवा प्रदेश सदस्य राजेन्द्र पौडेल, जिल्ला सदस्य अग्नी भट्टराई र रुद्रबहादुर तामाङको पनि आंकाक्षा राख्नु भएको छ । तर, उहाँहरुको पार्टीबाट उम्मेद्वार बन्ने सम्भावना निकै कम छ । मुख्य गरी तुम्बाहाङ्फे र खतिवडाबीच नै प्रतिष्पर्धा देखिएको जानकार स्रोत बताउँछ ।
ADVERTISEMENT