उर्लाबारी । मोरङ क्षेत्र नं. १ (ख) मा नेकपा माओवादी केन्द्रले युवा नेता खगेन्द्र सुवेदी (भीषण) को नाम पहिलो नम्बरमा सिफारिस गरेको छ । ३८ बर्षीय सुवेदी केराबारी–१० निवासी हुनुहुन्छ । माओवादी पार्टी प्रदेश कमिटी सदस्य तथा वाइसीएल नेपाल केन्द्रिय सदस्य र १ नम्बर प्रदेश सह–संयोजकको जिम्मेवारी निर्वाह गरिरहनुभएका सुवेदी मोरङ निर्वाचन क्षेत्र नम्बर १ को सह–इन्चार्ज तथा प्रदेश (ख) निर्वाचन परिचालन समितिको प्रमुख रहनुभएको छ ।
२०५६ सालबाट अखिल क्रान्तिकारी माबि इकाइ अध्यक्षबाट राजनैतिक क्षेत्रमा प्रवेश गर्नुभएका सुवेदी २०६० सालबाट माओवादी जनयुद्धमा पूर्णकालिन हुँदै पूर्ण भूमिगत राजनितिक यात्रामा होमिनुभयो । २०६२ भदांै १२ गते तत्कालिन शाही नेपाली सेनाद्वारा गिरफ्तारी र कठोर यातना पश्चात हिरासतपछि करिब १३ महिना जेल जीवन बिताउनुभयो । जेलबाट रिहा पश्चान पुन पूर्णकालिन राजनीतिक यात्रालाई निरन्तरता दिने क्रममा सुनसरी जिल्लाको अखिल क्रान्तिकारी अध्यक्ष, वाइसीएल नेपाल बिराटनगर इन्चार्ज हुँदै मोरङ जिल्ला सचिव र पार्टीको कोचिला राज्य समिति सदस्य हुँदै निरन्तर देश र जनताको पक्षमा राजनैतिक तथा सामाजिक कार्यमा नेता सुवेदी सक्रिय रहनुभएको छ । सामुदायिक बन उपभोक्ता महासंघ केराबारी गाउँ कमिटी अध्यक्ष समेत रहनु भएका सुवेदी समाजमा बिद्यमान सबै खाले असमानता, बेथिति र भ्रष्टाचारलाई अन्त्य गर्दै समानता मुलक समाजिक ब्यवस्था स्थापना गर्दै अशिक्षा, बेरोजगारी को अन्त्य गर्ने लक्ष्य उद्देश्य बोकेर हिडिँरहनु भएको छ । समाजका युवाहरुको लागि प्रसस्त रोजगारी र सीपको ब्यवस्था गर्न, दुब्र्यसनमा लागेका युवाहरुलाइ सहि मार्गमा ल्याउन मुख्य रुपमा लाग्ने उहाँले प्रण लिनुभएको छ । गलत राजनैतिक संस्कारबाट माथी उठेर समानता र सबैलाइ न्यायको सिद्धान्तमा अघि बढ्ने उहाँको अठोट छ ।
ADVERTISEMENT