उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघले अनाधिकृत ?पमा माइक बजाएर सामान बेचविखन रोक लगाउन माग गरेको छ ।
आज उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल, उपमेयर मिना पौडेल, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलाई भेटेर सो माग राखेको हो । संघले फुटपाथमा व्यापार गर्ने व्यवसायीको व्यवस्थापन गरिनुपर्ने, रात्रीकालीन बजार राति १० बजेसम्म संचालनका लागि शान्ति सुरक्षाको प्रबन्ध गर्नुपर्ने, उर्लाबारी – मधुमल्ला सडक खण्डमा गुड्ने ट्याक्टर, ट्रिपरह?का लागि बैकल्पिक बाटो निर्धारण गरिनुपर्ने तथा मधुमल्ला – टाँडी बस स्टेण्डलाई नयाँ बसपार्कमा स्थान्तरण गर्न ध्यानाकर्षण गराएको महासचिब हेमराज गु?ङले जानकारी दिनुभयो । संघका अध्यक्ष शेरबहादुर भण्डारी, बरिष्ठ उपाध्यक्ष यामलाल रसाइली, उद्योग उपाध्यक्ष जंगबहादुर कार्की, महासचिब गु?ङ, सदस्य नितम चौहान, पूर्व अध्यक्षह? भरत भट्टराई, तेजकुमार रिजाल, प्रितम खड्गीलगायतको उपस्थिति रहेको थियो ।