उर्लाबारी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि टिकटको दौडधुपमा नेताहरु लागि परेका छन् । यसैक्रममा मोरङ क्षेत्र नं. १ क को प्रदेश सभाको उम्मेद्वार एमालेका मोरङ जिल्ला सचिब रुपेश खतिवडा, उर्लाबारी नगर इन्चार्ज उमाकान्त गौतम र पुष्प ढकालको नाम चर्चा छ ।

२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रको गठबन्धन गरी चुनाबमा होमिएको एमाले यस पटक एक्लै चुनाबी मैदानमा उत्र्दै छ । २०७४ सालमा माओवादीका कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले विजयी हासिल गर्नुभएको थियो । सो बेला पनि तीब्र आकांक्षा रहनुभएका खतिवडा यस पटक प्रदेशसभा सदस्यको उम्मेद्वार हत्याउन लागि परेको जानकार स्रोत बताउँछ । यस पटक खतिवडा नै प्रदेश सभा सदस्यको उम्मेद्वार बन्ने उच्च सम्भावना रहेको बुझिएको छ ।
त्यस्तै, गौतम पनि प्रदेश सभा सदस्यको प्रवल दाबेदार मानिनुभएको छ । यसअघि उर्लाबारी नगरपालिकाको मेयरको उम्मेद्वारको रुपमा समेत गौतमको चर्चा भएको थियो ।
त्यस्तै, ढकाल पनि प्रदेश सभा सदस्यको सम्भावित उम्मेद्वारको रुपमा हेरिएको छ । अन्य केहीले आकांक्षा ब्यक्त गरेपनि लगभग यस पटक खतिवडा नै प्रदेश सभा सदस्यतर्फ एमालेबाट उम्मेद्वार बन्ने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय