सरोज बस्नेत

नेपालमा यौन ब्यवसाय बन्देज छ । तैपनि यौन ब्यवसाय चलेकै छ । लुकीछुपी होस् वा ‘सुरक्षा अथवा हप्ता’ को नाममा मोटो रकम बुझाएर कतिपय होटलले ‘यौन धन्दा’ राम्रै चलाएका छन् । यौन ब्यवसाय गैरकानुनी छ, त्यसैकारण डरत्रास वा ‘सुरक्षा अथवा हप्ता’ बुझाएर भए पनि चलेकै छ ।

बाध्यताका कारण यौन ब्यवसायमा लागेकाहरुको जमात बढिरहेको छ । हरेक शहर यौन ब्यवसायबाट अछुतो छैन । त्यसैकारण अब रेड लाइट एरिया अर्थात यौन व्यावसायिक क्षेत्र घोषणा गर्नुको विकल्प छैन । यौन क्रियाकलाप मानव जीवनसँग जोडिएको शारीरिक आवश्यकता भएकाले यसलाई दबाउन खोज्नु उचित हुँदैन । यसको ब्यवस्थापनका लागि पनि रेड लाइट एरिया अर्थात यौन व्यावसायिक क्षेत्र घोषणा गर्नु पर्दछ । मानव जीवनका लागि भोक, प्यास र निद्रा जस्तै प्रकृतिले दिएको यौन पनि आवश्यक कुरा हो । यौन चाहना स्वाभाविक कुरा भएकाले यसलाई दबाउनु आवश्यक छैन । रेड लाइट एरिया अर्थात यौन व्यावसायिक क्षेत्र घोषणा हुँदा छरिएर र लुकेर रहेका देहब्यापारीहरू कानुनी मान्यता पाएपछि संगठित हुनेछन् । त्यसो त एड्सको प्रकोप नेपालमा पहिले जस्तो रहेन तैपनि संगठित अवस्थामा एड्स र यौनरोग सम्बन्धी रोकथाम र अनुगमन गर्न सजिलो र कम खर्चिलो हुनेछ । कानुनको दायरामा आएपछि देहब्यापारमा लागेकाहरूलाई बार्षिक शरीर जाँच गराउनुपर्ने नियम राख्न सकियो जसले स्वास्थ्यचौकी लगायतमा रोजगारी सिर्जना हुनेछ, आर्थिक क्रियाकलाप बढ्नेछ । स्पष्ट कानुन बनाएपछि त्यसको उल्लंघन गर्नेलाई देह ब्यापारी, संचालक, सेवाग्राहीलाई कारवाही स्वरुप जरिवानाको ब्यवस्था गर्न सकियो । जसले राजस्व बढाउन मद्दत गर्छ । अहिले त छापा नमारिएको कैयौ गेष्ट हाउस र लजले गैरकानुनी पैसा कमाइरहेका छन् । देहब्यापारीहरू आफैंलाई थाहा की छ उनीहरू गैरकानुनी धन्दा गर्दैछन् । यस्तो अवस्थामा उनीहरू माथि हुने ब्ल्याक मेलिङ, यौन शोषण र अन्य अपराधको बारेमा उजुरी गर्न सक्दैनन् । किनभने कानुनको नजरमा उनीहरू पहिला दोषी हुन् । पीडितको मानवअधिकारको रक्षा हुन जान्छ । देहब्यापारको नीम्ति निश्चित क्षेत्रलाई छुट्याएर कानुनको दायरामा ल्याउने हो भने शैक्षिक, आर्थिक र सामाजिक परिवर्तनमा योगदान दिलाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय