
उर्लाबारी । मोरङको उर्लाबारी–२ मा रहेको लामपाते सिमसार पर्यटकीय क्षेत्र बन्नसक्ने प्रचुर सम्भावना छ । उलाृबारी–३ नयाँ मंगलबारेबाट ३ किलोमिटर उत्तर शान्ति आधारभूत विद्यालयको पश्चिम हँुदै यस सिमसार क्षेत्रमा पुग्न सकिन्छ । सालबारी सामुदायिक वनको हाताभित्र रहेको सिमसार क्षेत्रमा कृतिम पोखरी र केही टहरा निर्माण गरिएको छ । तर, सरोकारवाला निकायको ध्यान नपुग्दा उचित विकास हुन सकेको छैन ।
करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको यो सिमसारमा बोटिङ तथा पर्यटकीय स्थलका रुपमा परिचित गराउन सकिने आधारहरु रहेका छन् । यो सिमसार क्षेत्रमा विभिन्न प्रजातिका जंगली जनावार, विभिन्न प्रकारका वनस्पतिहरु यहाँ पाइन्छन् ।