पथरी । मंसिर ४ मा प्रतिनिधिसभाको चुनाब घोषणा भएसंगै मोरङ ३ मा उम्मेद्वारी को चर्चा सुरु भएको छ । गत निर्वाचनमा बिजयी बन्नुभएका भानुभक्त ढकाल पुनः चुनाब लड्ने चर्चा भएपछि स्थानीय एमाले कार्यकर्ता भने ढकालभन्दा गुरु बराललाई अघि सार्नु पर्ने बताउन थालेका छन् ।

मोरङमै बसेर राजनीति गर्ने, प्राबिधिक स्कुल सञ्चालन गरेको मदन भन्डारी स्मृति प्रतिष्ठानमा सफल नेतृत्व गर्नुभएका बराललाई अघि सार्नु पर्ने बताइन्छ । ३ मन्त्रालयको मन्त्री हुँदा पनि मोरङ क्षेत्र नं. ३ को विकासमा महत्वपूर्ण भूमिका खेल्न नसकेको ढकालमाथी आरोप लगाउने गरिएको छ । एमालेको गढ मानिने उक्त क्षेत्रमा ढकाललाई पर्यटक उम्मेद्वारको संज्ञा एमालेका स्थानीय कार्यकर्ताले दिएका छन् । ढकालले आशमात्र देखाए कुनै प्रतिबद्धता पुरा गरेनन् ।
भुटानी शरणार्थी शिविरमा बन्ने जातीय संग्रालय भूमीहिनलाई जग्गा धनिपुर्जा र बक्राहा तथा डाँस तटबन्धका मुद्धालाई मुख्य मुद्धा बनाएका ढकालले कुनै पनि प्रतिबद्धता पुरा नगरेको आरोप एमाले कार्यकर्ताकै रहेको छ ।
संसद हुँदा र मन्त्री हुदा ‘एलिट’ बर्गसंग हिमचिम बढाएका ढकाल जनताका घरदैलोमा नपुगेको तथा स्थानीय एमाले कार्यकर्तालाई नचिन्ने प्रबृत्ति रहेको आरोप छ । त्यसो त मोरङ भन्दा तेह्रथुमप्रति लगाबका कारण पनि यो पटक ढकालको बिकल्पमा बराल आउनु पर्ने एमाले कार्यकर्ताको भनाई छ । सुन्दरहरैचा, बेलबारी, कानेपोखरी र पथरीशनिश्चरे जोडिएको मोरङ ३ मा गत स्थानिय निर्वाचनमा एमालेका उम्मेदवार मेयर र उपमेयरमा बिजयी बनेका छन् । गठबन्धन दल भन्दा स्पष्ट अग्रता कायम गरेको नेकपा एमालेले बराललाई उम्मेदवार बनाउने हो भने जित निश्चित रहेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय