उर्लाबारी । नेकपा माओवादी केन्द्रले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रीत भएको छ ।
आज मोरङ क्षेत्र नं. १ (क) को बैठकले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन केन्द्रित रहन कार्यकर्ताहरुलाई निर्देशन दिएको हो । प्रदेश नं. १ का उपाध्यक्ष मणिकुमार साम्पाङको प्रमुख आतिथ्यतामा भएको बैठक प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन केन्द्रीत भएको उर्लाबारी नगर कमिटी अध्यक्ष गजेन्द्र दंगालले जानकारी दिनुभयो । पार्टीका उम्मेद्वारहरुलाई विजयी गराउन सबै कार्यकर्ताहरु एक ढिक्का भएर लाग्नु पर्नेमा जोड दिएको छ । माओवादीले मिक्लाजुङमा उपाध्यक्षसहित २ वडाध्यक्ष जितेको छ भने उर्लाबारीमा शुन्य अवस्थामा छ । २०७४ सालको निर्वाचनमा माओवादीका कुलप्रसाद साम्बा (कुशल) प्रदेश सभा सदस्यमा सानदार मतका साथ विजयी हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय