
उर्लाबारी । लेखक तथा बरिष्ठ पत्रकार लिलाराज खतिवडाले पार्टी कहिल्यै स्वतन्त्र नहुने बताउनुभएको छ । लामो अन्तरालपछि आज पूर्वी कमाण्डसँग विशेष कुराकानी गर्दै उहाँले स्वतन्त्र उम्मेद्वार बन्नु स्वागत योग्य भएको तर स्वतन्त्र पार्टी खोल्नुचाहिँ जनतालाई झुक्याउने काम मात्रै भएको बताउनुभएको हो ।
जनतालाई झुक्याउन स्वतन्त्र पार्टी कसैले खोल्छ भने त्यो दलालहरुको झुण्ड मात्रै भएको उहाँको आरोप छ । उहाँले नेपालको राजनीतिक ब्यवस्था असफल बनेको टिप्पणी गर्दै अब देश सेनाले कब्जामा लिनु पर्ने बताउनुभएको छ । सबै राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाएर तिनीहरुका कार्यकर्तालाई जेलमा कोच्नु पर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
हेर्नुहोस पुरै भिडियो