
उर्लाबारी । मोरङको उर्लाबारी–५ मा रहेको गोदावरी हस्पिटल प्रा.लि.ले एक पछि अर्को जटिल शल्यक्रिया गर्न सफल भएको छ ।
शुक्रवार उर्लाबारी–४ का ४३ बर्षीया नीरमाया राईको ४ केजी २५० ग्राम बराबरको पाठेघरको टिउमरको सफल शल्यक्रिया भएको बजार ब्यवस्थापक प्रकाश चौहानले जानकारी दिनुभयो । त्यस्तै, दुरबिन प्रविधिबाट उर्लाबारी–५ का ४६ बर्षीय श्याम राईको पृतथैलीको पथरियाको सफल शल्यक्रिया गरिएको छ । बिरामीका आफन्तहरुले उर्लाबारीको गोदावरी हस्पिटलमै जटिल शल्यक्रिया भएकोमा खुशी ब्यक्त गरेका छन् ।
मोरङमा विराटनगरबाहिर पहिलोपटक जटिल शल्यक्रिया गोदावरी हस्पिटलले गरेको बजार ब्यवस्थापक चौहानको दाबी छ ।