उर्लाबारी । विदेशवाट गाउँमा फर्किएका जो कोही आए पनि उर्लाबारी–२ सुनझोडाकी नरमाया वोहोरालाई उनको छोरा नवराजको खवर पो ल्यायो कि भन्ने आश हुन्छ । कमाउन मलेसिया हिँडेका नवराजले फोन नगरेको पनि ३ वर्ष भयो । मलेसिया जाँदा लागेको ऋण नतिरेपछि नवराजकी श्रीमती सृजना अहिले वैदेशिक रोजगारीकै सिलसिलामा कुवेत पुगेकी छन् । सृजनाको कमाइले घर चलाउदै आएकी नरमायाको आश अझै पनि नवराज फर्किएर आउँछन् भन्ने छ ।
वैदेशिक रोजगारीका लागि पटक पटक गरेर मलेसिया र कतार पुगेका नवराज पछिल्लो पटक ४ वर्ष अघि मलेसिया हान्निएका थिए । पछिल्लो पटक गएको कम्पनीमा पनि कमाइ राम्रो नभएको वताउने उनले सो कम्पनी छोडेर अवैधानिक वनेका थिए । ‘कमाइ राम्रो छैन आमा भन्थ्यौ तर अहिले त खोज खवर र्नै छैन्’ नरमायाले वताइन् ।
नवराज विदेशीए संगै कमाइ गरेर नपाठएपछि ऋण दिने साहुहरु घर आउन थाले ऋणको भार वढ्न थाले पछि १ वर्ष अघि नवराजकी श्रीमती सृजना पनि कुवेत लागिन । नवराजका २ छोराहरु अहिले उमेरले ७० नाधेकी नरमायाका साथमा छन् । घर चलाउन उनै सृजनाले पठाएको पैसाले जेनतेन गर्दै गरेको वताउँछिन् नरमाया ।
नवराज १५ वर्ष अघि मलेसिया पुगे । ५ वर्ष रोजगारी गरेका उनले कमाइ नभएको भन्दै मलेसियाको रोजगारी सकेर नेपाल फर्किए । गाउँ घरमै रोजगारी गरेको उनी फेरि कमाइ गर्न कतार हान्निए । कतारमा कमाइ भन्दा ज्यादा दुःख भएको भन्दै उनी फेरि नेपाल नै फर्किए । पटक पटक गरेर १२ वर्ष भन्दा वढि समय विदेशमै विताएका नवराजले राम्रो घर वनाउन नसकेको नरमायाको दुखेसो छ । ‘विदेश भनेर के गर्नु मेरा छोराको कर्ममा दुःख मात्र लेखेको होला’ । श्रीमान गुमाएको पिडा त नरमायामा छदै छ त्यसमाथी कमाइ गरेर खुवाउने छोरो ३ वर्ष देखी सम्पर्क विहिनी हुनुको पिडा पनि कम्ता छैन् । सुकुम्वासी क्षेत्रमा एउटा जिर्ण घर छ सोहि घरमा वसोवास छ नरमायाको । नरमायाका जेठा छोरा पनि वौद्धिक अपाङ छन् । कमाइ गर्ने आश गरेको छोरो नवराज पनि मलेसियामा नै लापत्ता भएपछि दुःखका सागर वढेका छन ।
पहिला पहिला त कहिले काहि फोन गर्ने गरेका नवराजले ३ वर्ष भन्दा वढि भयो फोन सम्पर्क नगरेको । उनलाई चिन्न गाउँकै कसैको पनि सम्पर्क छैन् । फेशवुकवाट हराएका धेरैको परिवारमा सम्पर्क भएको सुनेकी नरमायाले वेला वेला फेसवुकमा आफ्ना छोरा नवराज खोजीदिन आग्रह गर्ने गरेकी छन् । उनको छोरो नवराजको खोजीका लागी इलाका प्रशाशन कार्यालय उर्लावारीमा पनि निवेदन दिए पनि कुनै जानकारी आएको छैन् । नवराजले काम गर्ने कम्पनीको न नाम थाहा छ न ठेगाना नै उनलाई । मलेसियामा भएका धेरै नेपालीसंग सम्पर्क गर्दा पनि कुनै खवर नपाएपछि थप पिडा वडेका उनको भनाइ छ । नरमाया संग नवराजको एउटा पुरानो फोटो र म्याद सकिएको राहादानी वाहेक अरु केहि चिनो छैन । नवराजका छोराहरु स्थानिय सुन्झोडा मावीमा पढ्दै आएका छन् । उनीहरु पनि नवराजका वारेमा गाँउमा नयाँ मान्छे आउने वितिक्कै खोजी खवर गर्छन् तर उनका वावुका वारेमा केहि थाह नभएको वताएपछि निहाउरो हुने गरेका छन् ।
मलेसियामा हराएका नवराजको अवस्था वारे मात्रै थाह भए मन सन्चो हुने नरमाया वताउँछिन् । जिउदो मरेको केहि थाहा भएन कसैले उसको वारेमा खवर गरे हुन्थ्यो । नरमायालाई नवराजका छोराहरु नवराजलाई नै जिम्मा दिएर मर्ने धोको छ । नरमायाले भनिन् ‘नवराजलाई उनका छोरा जिम्मालगाएर प्राण त्याग गर्थे ’ । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका नवराजहरु यसै गरि परिवारको सम्पर्क वाहिर हुदा परिवारमा तनाव त थपिएको छ नै उनको परिवारको वेहाल समेत वन्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय