
काठमाडौं,आसिफ शेखको अर्धशतकको सहयोगमा नेपालले आईसीसी पुरुष विश्वकप लिग टू को त्रिकोणात्मक सिरिजअन्तर्गत स्कटल्यान्डमाथि सहज जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको हो । टिटवुड ग्लासगोमा स्टकल्यान्डले जितका लागि दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले २५ ओभर १ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालका लागि आसिफ शेखले ७१ रनको अर्धशतकीय पारी खेले । ६२ बल खेलेका उनले १० चौका र १ छक्का प्रहार गरे । त्यस्तै रोहितकुमार पौड्यालले ३४ रन बनाए । योसँगै रोहितको एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा भएको छ । नेपालका लागि कुशल भुर्तेलले २७ तथा दिपेन्द्र सिंह ऐरीले ३ रनको योगदान गरे । नेपालका लागि देव खनालले ४ रन बनाए ।
बलिङतर्फ स्कटल्यान्डका लागि गाभिन मेनले तीन विकेट लिए । त्यस्तै आन्द्रेइन निल र रिचे बेरिन्टोनले एक–एक विकेट लिए । यसअघि टस हरेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४२ आभेरमा ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १४४ रन बनाएको थियो । स्कटल्यान्डका लागि काभिन मिनले ६४ रनको अर्धशतकीय पारी खेले । ६९ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै मार्क वाटले १७ रन बनाउँदा साफन सारिफले १६ रनको योगदान गरे । नेपालका लागि आदिल अन्सारी र सोमपाल कामीले तीन–तीन विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले दुई विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । योसँगै रोहितको लिष्ट एमा हजार रन पूरा भएको छ ।