उर्लाबारी । मोरङ क्षेत्र नं. १ (क) को प्रदेश सांसदमा को उम्मेद्वार बन्छ भन्ने विषय चासोका साथ हेरिएको छ । निर्वाचन आयोगले आगामी मंसिर २ गते निर्वाचन गराउने प्रस्ताव गरिसकेको छ भने सरकारले घोषणा गर्न बाँकी छ ।
मोरङ क्षेत्र नं. १ क को प्रदेश सांसद नेकपा माओवादी केन्द्रका युवा नेता कुलप्रसाद साम्बा लिम्बू (कुशल) २०७४ मा निर्वाचित बन्नुभएको थियो । एमाले र माओवादीको संयुक्त गठबन्धनबाट उहाँ प्रदेश सांसदमा सानदार मतका साथ विजयी बन्नुभएको थियो । ५ बर्षे कार्यकालमा प्रदेश नं. १ मै उत्कृष्ट काम गर्ने सांसदमा लिम्बू अग्रपंक्तिमा हुनुहुन्छ । पुनः उहाँ नै प्रदेश सांसदको उम्मेद्वार माओवादी केन्द्रबाट बन्ने पक्कापक्की छ । त्यस्तै, नेपाली कांग्रेसबाट अर्जुन तुम्रोक, ललित अधिकारी, शोभा पालुङ्वा, चिञ्जिबी थापालगायतको नाम चर्चामा छ । तुम्रोक प्रदेश नं. १ को सदस्य हुनुहुन्छ भने अधिकारी २०७४ सालको निर्वाचितमा दोस्रो बन्नुभएको थियो भने पालुङ्वा पालुङ्वा महिला नेतृ हुनुहुन्छ । त्यस्तै, थापा महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । थापाले लामो समय कांग्रेसको प्रवास समितिमा रहेर काम गर्नुभएको छ । त्यस्तै, एमालेबाट भूपाल जिमी, पुष्प ढकाल, रुपेश खतिवडा, उमाकान्त गौतमलगायतको नाम चर्चामा छ । अन्य एकीकृत समाजवादी, राप्रपालगायत दलले पनि उम्मेद्वारी दिने छन् । मुख्य गरी तीन दलबीच नै प्रतिष्पर्धा हुने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय