दमक । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल ४ चुलाचुली मोेडमा बुधबार राती ११.२० बजे ट्रकको ठक्करबाट सहकारी कर्मचारीको मृत्यु भएको छ ।
दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी दिपक नेपालको सवारी दुर्घटनामा मृत्यु भएको हो । दुर्घटनामा परी गम्भिर घाइते भएका दमक– ९ का ३६ बर्षीय नेपालको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिम तर्फ आउँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रकले विपरित दिशामा रहेको प्र. १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नेपालको मृत्यु भएको थियो । ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय