उर्लाबारी । उर्लाबारी नगरपालिकाको आठौं नगरसभामा आर्थिक बर्ष २०७९ । ०८० को बजेट, योजना तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
यसैक्रममा उर्लाबारी वडा नं. ५ मा आर्थिक विकास कार्यक्रममा सिचाई बोरिङमा ४ लाख ८० हजार, विदाषी छर्ने स्प्रेयर वितरणमा ७० हजार, ब्यवसायिक हेयर कटिङ तालिममा ३ लाख, ब्यवसायिक ढाका बुनाई बेसिक तालिममा १ लाख ५० हजार ५ सय ४० रुपैयाँ छुट्याइएको छ ।
त्यस्तै सामाजिक विका कार्यक्रममा वडाभरि उच्च शिक्षामा अध्ययरत विपन्न विद्यार्थीहरुलाई पुस्तक ब्यवस्थानका लागि उर्लाबारी बहुमुखी क्याम्सलाई २ लाख ५० हजार, गरिब तथा विपन्न परिवारलाई निशुल्क धारा जडानका लागि २ लाख, स्वास्थ्य शिबिरमा १ लाख ५० हजार, जेष्ठ नागरिकहरुलाई तिर्थयात्रा र सम्मान कार्यक्रमका लागि १ लाख २५ हजार, डस्विन वितरणका लागि २५ हजार ८ सय ९, सेनेटरी प्याड बनाउने तालिममा १ लाख, खेलकुद सामाग्री खरिदमा १ लाख, एकल महिला क्षमता विकासमा ६० हजार, गर्भवती तथा सुत्केरी पोषण कार्यक्रममा १ लाख ५० हजार, युवा स्वरोजकार बेकरी तालिममा ३ लाख ४० हजार छुट्याइएको छ । त्यस्तै, पूर्वाधार विकासमा सूर्य चौक हुँदै १ नं. वडा जोड्ने बाटोमा डे«न निर्माणमा ५ लाख ३ हजार ६ सय ६९, सूर्य चौक भित्री भागमा ग्राभेल तथा डे«न निर्माणमा ६ लाख, मिलीजुली मार्गभित्र पेभिङ्ग ब्लक निर्माणमा २५ लाख, विहानी मार्गमा डे«नसहित ग्राभेलमा ६ लाख, विपन्न नागरिक आवास निर्माण सहयोगमा ६ लाख, जनज्योति कृषि मार्ग ग्राभेलमा ३ लाख, धाउन्ने चौक क्षेत्रमा साइडवाल निर्माणमा ४ लाख, झुम्रा डाँडागाउँ जाने बाटो ग्राभेलमा३ लाख, नमूना मार्ग साइडवाल निर्माणसहित ग्राभेलमा ५ लाख, पुपनगरी मार्गमा डे«न र ग्राभेल निर्माणमा ५ लाख छुट्याइएको छ ।

त्यस्तै, वन, वातावरण तथा विपद ब्यवस्थापन कार्यक्रममा वडाभित्र आइपर्ने विपद सामान खरिदमा २ लाख ५० हजार ३ सय ७७, वडाभरिका नाला तथा ब्लक सरसफाईमा २ लाख ५० हजार, राम्री खोला तटबन्धन कार्यक्रममा २ लाख छुट्टिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय