उर्लाबारी । उर्लाबारी नगरपालिकाको आठौं नगरसभामा आर्थिक बर्ष २०७९ । ०८० को बजेट, योजना तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
यसैक्रममा उर्लाबारी नगरपालिका वडा नं. ४ ले आर्थिक विकास कार्यक्रममा भूमिगत सिचाईको लागि बोरिङ जडानमा १ लाख ५० हजार, च्यापटर मेसिन खरिदमा १ लाख, मौरीपालन कृषकलाई घार वितरणमा ७५ हजार, अति विपन्न दलित वर्गलाई ड्राईभिङ तालिममा ५० हजार, बेसिक सिलाई कटाई तालिममा १ लाख, एडभान्स सिलाई कटाई तालिम तथा मेसिन वितरणमा १ लाख ५० हजार, ब्यूटिपार्लर तालिममा ७५ हजार, फोटो तथा भिडियोग्राफी तालिममा १ लाख, करेसाबारी तरकारी खेति तालिममा ५० हजार, एकल महिलाहरुलाई कानुनी शिक्षा तालिममा ५० हजार, उन्नत जातको विउविजन वितरण कार्यक्रममा २ लाख ८ हजार ७ सय ८ रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै सामाजिक विकास कार्यक्रममा विभिन्न धर्म संस्कृति सम्बद्र्धनका लागि ७५ हजार, वडा नं. ४ को डकुमेन्ट्री निर्माणमा ८० हजार, विपन्न वर्गलाई निशुल्क स्वास्थ्य बिमामा १ लाख, रेडक्रसमा रक्तदानको समयमा फलफुल वितरणमा ३० हजार, विभिन्न दिवस मनाउनमा ३० हजार, अपाङ्गता वर्ग अन्तरगत मिलिजुली समूहलाई टेवा पूँजी वितरणमा ५० हजार, खेलकुद विकासका लागि ५० हजार, बालबालिका कार्यक्रम सञ्चालनमा २५ हजार, अभिषेक मण्डलीको खाजा घर निर्माणमा २ लाख, भानु पुस्तकालयको भवनको छत ढलानमा ३ लाख, जेष्ठ नागरिक सम्मान कार्यक्रममा ५० हजार, अतिविपन्न सुत्केरी तथा गर्भवती महिलालाई पोषण वितरणमा ७५ हजार, उर्लाबारी बहुमुखी क्याम्पसको पुस्तक खरिदमा १ लाख, साुमदायिक विद्यालयका साथै अन्य विपन्न वर्गका बालबालिकालाई पोशाक वितरणमा १ लाख, लक्ष्मीनारायण टोलमा पर्ने सभाहलको छत ढलानमा ३ लाख ९८ हजार ६१ छुटिएको छ ।

त्यस्तै, प्रर्वाधार विकास कार्यक्रममा परिवर्तन मार्ग अधुरो डे«नसहित ग्राभेलमा ४ लाख, सरस्वती भजन किर्तन मण्डलीको सभाहल निर्माण तथा ब्यवस्थापनमा ५ लाख, स्वतन्त्र मार्ग खोर्सानीबारीमा सिंगल डे«न निर्माण तथा ग्राभेल सभाहलसम्ममा ५ लाख, विशाल टोल नयाँ बस्ती मार्ग सिंगल डे«न निर्माण तथा ग्राभेल निर्माणमा ४ लाख, पारिजात मार्ग क सिंगल डे«न निर्माणसहित ग्राभेलमा ३ लाख, सप्तकोशी अधुरो कालोपत्रेसहित सिद्र्धाथ मार्ग कालोपत्रे २ वटा आग्लासहित कल्भटमा २५ लाख, पालेृन्स मार्ग डे«नसहित ग्राभेलमा ३ लाख, शुभलक्ष्मी मार्ग सिंगल डे«सहित ग्राभेलमा ५ लाख, हिमालय मार्ग डे«न निर्माण तथा ग्राभेलमा ६ लाखक्षयरोग मार्ग डे«न तथा ग्राभेलमा ३ लाख, भानुमार्ग हुँदै नगरपालिका जोड्ने बाटो कालोपत्रेमा १२ लाख ३९ हजार २ सय १२ छुटिएको छ । त्यस्तै, वन, वातावरण तथा विपद ब्यवस्थापन कार्यक्रममा सोल्टी खोलामा तटबन्धन लुईटेल बंशावलीको मन्दिर छेउमा ३ लाख, किशान चौक कल्भर्ट निर्माणमा ३ लाख, डस्विन खरिदमा १ लाख २० हजार, ढल सरसफाइृ र आवश्यक सामान खरिदमा ५६ हजार ९५ रुपैयाँ छुट्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय