उर्लाबारी । उर्लाबारी नगरपालिकाको आठौं नगरसभामा आर्थिक बर्ष २०७९ ।०८० को बजेट, योजना र कार्यक्रम प्रस्तुत भएको छ ।
जसमा उर्लाबारी वडा नं. १ ले आर्थिक विकासमा ब्यूटी पार्लर तालिममा १ लाख ५० हजार, ढाका बुनाई तालिममा १ लाख, नुहाउने साबुन बनाउने तालिममा १ लाख ५० हजार, गड्यौले मत उत्पादन कार्यक्रममा १ लाख, बोरिङ जडानमा ३ लाख ५० हजार, च्यापकटर मेसिनमा १ लाख, पशु बिमा अनुदान कार्यक्रममा ७२ हजार ३ सय ३० रुपैयाँ र पौडेल गाउँ विकासे कुलो संरक्षणमा १ लाख ५० हजार छुट्याएको छ ।
सामाजिक विका कार्यक्रममा धिमाल मन्दिर संरक्षणमा १ लाख, आधारभूत स्वास्थ्य केन्द्रमा बरबहादुर लामाको अर्धकदको शालिम निर्माणमा १ लाख ५० हजार, नागेश्वर शिवालय मन्दिरमा तारको घेराबारमा १ लाख, युवा तथा खेलकुद ब्यवस्थापनमा १ लाख ५० हजार, दलित उत्थान कार्यक्रममा ७५ हजार, सुत्केरी महिला पोषण कार्यक्रममा १ लाख, महिलाहरुलाई अनुशिक्षण तालिम तथा टेवा पूँजी कार्यक्रममा १ लाख सामुदायिक बाल विकास केन्द्र शैक्षिक सामाग्री खरिद लक्ष्मीझामा २८ हजार ४ सय ९३, लक्ष्मी आधारभूत विद्यालयमा फर्निचर खरिदमा १ लाख ५० हजार, नुनसरी आ.वि. मा चमेना गृह निर्माण तथा कार्यालय ब्यवस्थापनमा १ लाख ५० हजार, बालज्योति आ.वि. फर्निचर खरिदमा १ लाख ५० हजार, शारदा माबिमा सिलिङ पंखा खरिद तथा धारा जडानमा १ लाख, युवा पुनस्थापना तथा परामर्श सेवामा १ लाख, उर्लाबारी बहुमुखी क्याम्पसमा पुस्तकालय ब्यवस्थापनमा २ लाख ५ हजार, फेथ चर्च घेराबारामा १ लाख बजेट छुट्याइएको छ ।
पूर्वाधार विकास कार्यक्रममा हरैचे चौकदेखि बिहीबारे कालोपत्रेसम्म साइडवालसहित ग्राभेलमा २९ लाख ५० हजार, नमूना टोलदेखि पिपलबोट जाने बाटो साइड वाल निर्माणमा ५ लाख, बालज्योति सुकुम्बासीदेखि मिक्लाजुङ गाउँपालिका सिमानासम्म ह्युमपाइपसहित बाटो ग्राभेलमा ३ लाख, आधारभूत स्वास्थ्य केन्द्र जाने बाटोमा साइडवालसहित बाटो ग्राभेलमा ४ लाख, तारा तामाङको घर पश्चिम कल्भर्टसम्म साथै पवन धिमालको घरसम्म बाटो ग्राभेलमा ३ लाख, रंगेली रोड साइडवालसहित ग्राभेलमा ९ लाख ७१ हजार ८ सय ३६ रुपैयाँ, बिहीबारे होली कल्भर्टमा पंखा निर्माणमा ३ लाख, लुईटेलको घर पश्चिम मुखियाको घर हुँदै समाधी स्थलसम्म जाने बाटोमा ह्युमपाइपसहित ग्राभेलमा ३ लाख देवीस्थानदेखि उत्तर सोल्टी खोला जाने बाटोमा ह्युमपाइपसहित बाटो ग्राभेलमा ३ लाख ५० हजार, आइतबारे उन्नती मार्ग बाटो साइडवाल सहित ग्राभेलमा ४ लाख कोपिला चौक पूर्व जाने बाटोमा अधुरो साइडवाल निर्माणमा ४ लाख, नमूना टोल हुँदै मावा खोला जाने बाटो साइडवाल निर्माणमा ५ लाख, आचार्य साइलीको घर हुँदै मौरीपालन होली पारीसम्म बाटो ग्राभेलमा ३ लाख छुट्याइएको छ । त्यस्तै वन, वातावरण तथा विपद् ब्यवस्थापनमा मिक्लु खोला नदी कटान नियन्त्रण तथा रोकथाममा ३ लाख, बक्राहा खोला तटबन्धनमा २ लाख, बक्राहा पूर्व स्पर निर्माणमा ३ लाख २० हजार ६ सय ३० रुपैयाँ छुट्याइएको छ ।