उर्लाबारी । उर्लाबारी नगरपालिकाले पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लब नेपालको भवन निर्माणका लागि २० लाख रुपैयाँ छुट्याएको छ ।
यसअघि पनि उर्लाबारी नगरपालिकाले १० लख रुपैयाँ बजेट छुट्याएको भएपनि काम हुन सकेको थिएन । उर्लाबारी वडा नं. ६ मा सहयोगीदाताहरुले दिएको ६ कट्ठा जग्गामा भवन निर्माणका लागि डिपिआर तयार भइसकेको अध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो । क्लबको कार्यालय उर्लाबारी वडा नं. ७ को उर्लाबारी परोपकार सेवा केन्द्रको भवनसँगै रहेको छ । त्यस्तै, स्थानीय सञ्चारमाध्यमको प्रर्वद्धनमा ५ लाख र सञ्चारमा ५ लाख रुपैयाँ पनि छुट्टिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय