
उर्लाबारी । उर्लाबारी नगरपालिकाले उर्लाबारी–२ स्थित बेतिनी सिमसार ब्यवस्थापन तथा पर्यटन पर्वद्धन कार्यक्रमलाई गौरबको आयोजनामा राखेको छ ।
गौरबको आयोजनाअन्तरगत बेतिनी सिमसारलाई नगरपालिकाले १ करोड रुपैया बजेट छुट्याएको हो । पयर्टकीय केन्द्रको रुपमा विस्तार भइरहेको बेतिनी सिमसारलाई थप विकासमा जोड दिने नीति नगरपालिकाले लिएको छ ।