धरान ,धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट विनियोजन गरेको छ।

खानेपानी, पूर्वाधार विकास, पर्यटन लगायतलाई प्राथमिकतामा राखेर शुक्रबार धरानको ११औं नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाद्वारा प्रस्तुत बजेटमा चालुतर्फ ३ करोड ३७ लाख ७२ हजार ४ सय ४२ बिनियाेजन गरेकाे छ भने उपमहानगरले पुँजीगततर्फ ८१ करोड ९५ लाख ५० हजार ५ सय ५ रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ३ करोड २५ लाख बजेट विनियोजन गरिएको छ।

प्रस्तुत बजेटमा खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वका स्रोतबाट २५ करोड, अन्य संस्थागत आन्तरिक अनुदान ५ करोड २० लाख,

संघीय सरकारबाट अनुदान ८३ करोड ४ लाख, प्रदेश सरकारबाट अनुदान ३ करोड ५० लाख ७० हजार, संघीय राजश्व बाँडफाडबाट घ० करोड ५३ लाख ४५ हजार, प्रदेश राजश्व बाँडफाडबाट २० करोड र अपुग हुने ११ करोड ३० लाख ८ हजार नगद मौज्दान परिवर्तबाट व्यवस्थापन हुने अनुमान गरिएको जनाएका छन् ।

प्रदेश नम्बर १ का सभामुख प्रदीपकुमार भण्डारीले उद्घाटन गरेको नगरसभामा उपप्रमुख बेघाले विनियोजन विधेयक प्रस्तुत गर्दै कुल बजेट सिमाकाे १८ दशमलव ६९ प्रतिशत वडाकालागि बजेट सिमा तेकिएकाे बताए ।

त्यस्तै ,मेयर कोषमा १ करोड २० लाख, उपप्रमुख कोषमा ८० लाख, पूर्वाधार, साझेदारी कार्यक्रमको लागि ७५ लाख, विपद व्यवस्थापन कोषका लागि ५० लाख, आकस्मिक कोषमा ५ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिकलगायतका अन्य खर्चतर्फ ४० करोड समेत गरी ४३ करोड ९० लाख विनियोजन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय