
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ९९ करोड ५२ लाख ५४ हजार ९८० रुपैयाँकोे बजेट ल्याएको छ ।
आज मेयर गंगाप्रसाद खरेलको अध्यक्षतामा बसेको आठौँ नगरसभाको दोस्रो बैठकमा उपमेयर मीना खतिवडा पौडेलले बजेट प्रस्तुत गर्नुभयो । उपमेयर पौडेलले ९९ करोड ५२ लाख ५४ हजार ९८० रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभयो । जसअनुसार चालु खर्चतर्फ ४३.५८ प्रतिशत अर्थात ४३ करोड ३७ लाख ४२ हजार ९८० रुपैयाँ र पुँजीगत खर्चतर्फ ५६.४२ प्रतिशत अर्थात ५६ करोड १५ लाख १२ हजार रुपैयाँ बजेट बिनियोजन गरिएको जानकारी गराइयो । आगामी आर्थिक वर्षको आयतर्फ आन्तरिक आम्दानी ७ करोड ५५ लाख ५३ हजार, संघीय सरकार राजस्व बाँडफाँटतर्फ ११ करोड ३२ लाख ४७ हजार, संघीय सरकार वित्तीय समानीकरणतर्फ १८ करोड, वित्तीय समानीकरण प्रदेश सरकारतर्फ १ करोड ७ हजार ५ सय, सवारी साधन कर बाँडफाँट प्रदेश सरकारतर्फ १ करोड, सडकबोर्ड बाट प्राप्त हुने रकम ५० लाख, संघीय सरकार सशर्त अनुदान तर्फ ४० करोड १७ लाख, प्रदेश सरकार सर्शत अनुदान तर्फ ४० लाख २० हजार, रजिष्ट्रेशन बाँडफाटबाट ५ करोड ७६ लाख ११ हजार ७ सय ७०, संघीय सरकार समपुरक अनुदान तर्फ २ करोड, संघीय सरकार संस्थागत आन्तरिक तर्फ १ लाख ८० हजार ६ सय ८७, संघीय सरकार वन रोयल्टी २० लाख, प्रदेश सरकार समपूरक अनुदान तर्फ १ करोड, जनसहभागिता तर्फ १ करोड ५० लाख र आ.व. २०७८÷०७९ को मौज्दात तर्फ ९ करोड ९ लाख ३५ हजार २३ गरी जम्मा कुल आम्दानी ९९ करोड ५२ लाख ५४ हजार ९ सय ८० अनुमान गरिएको छ ।
यस्तै, व्ययतर्फ संघीय सरकार सशर्त अनुदान तर्फ ४० करोड १७ लाख, संघीय सरकार समपुरक अनुदान तर्फ २ करोड, प्रदेश सरकार समपूरक अनुदान तर्फ १ करोड, प्रदेश सरकार सर्शत अनुदान तर्फ ४० लाख २० हजार, सडकबोर्ड बाट प्राप्त हुने रकम सडक मर्मत तर्फ ५० लाख, जनसहभागिता तर्फ १ करोड ५० लाख, चालू तथा प्रशासनिक खर्च तर्फ १४ करोड ९६ लाख ८७ हजार, नगर गौरव आयोजनाको लागि आवश्यक रकम १ करोड, नगरपालिकाको समपूरक कोषतर्फ १ करोड ५० लाख, भवन निर्माणतर्फ २ करोड, ऐन बमोजिम नगरपालिका आफैले गर्नुपर्ने अत्यावश्यक कार्यहरु तर्फ ६ करोड ६५ लाख, विपद् व्यवस्थापन कोषमा १ करोड, आकस्मिक कोषमा २५ लाख, मर्मत सम्भार कोषमा १ करोड २५ लाख, नगरपालिकाका विषयक्षेत्रगत योजना तथा कार्यक्रमको एकमुष्ट रकम २९ करोड ८३ लाख ४७ हजार ९ सय ८० गरी कुल खर्च ९९ करोड ५२ लाख ५४ हजार ९ सय ८० अनुमान गरिएको छ ।