उर्लाबारी । स्थानीय तहको निर्वाचन सकिएको १ महिना वितिसकेको छ । अब प्रदेश र संघीय निर्वाचनको तयारी भइरहेको छ । सरकारले मिति घोषणा नगरेपनि कतिपय केन्द्रीय नेता तथा सामाजिक अभियान्ताहरुले उम्मेद्वार घोषणा गर्न थालिसकेका छन् ।
यसैक्रममा मोरङ क्षेत्र नं. १ क को प्रदेश सांसदमा उर्लाबारी वडा नं. २ का चिरञ्जीवी थापा उठ्ने चर्चा चल्न थालेको छ । नेपाली कांग्रेसको तर्फबाट थापा उम्मेद्वार बन्न सक्ने बुझिएको छ । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका युवा ब्यवसायी थापाले भने उम्मेद्वार बन्ने बिषयमा केही खोलेका छैनन् । पार्टीले जिम्मेवारी दिएको खण्डमा पछि नहट्ने उहाँको भनाई छ । सामाजिक सेवा, राजनीति तथा ब्यवसायमा सक्रिय थापा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा समेत उम्मेद्वारी दिनुभएको थियो । आफ्नो ठाउँ उर्लाबारी र मिक्लाजुङलाई नमूना बनाउने उहाँको सोच छ ।
को हुन् त चिरञ्जीवी थापा ?
उर्लाबारी वडा नं. २ निवासी चिरञ्जीवी थापा लामो समयदेखि जनसम्पर्क समिति जापानमा रहि नेपाली काँग्रेसको सक्रिय राजनीति गर्दै आउनुभएको थियो । जनसम्पर्क समिति जापानको पटक–पटक कार्यबहाक अध्यक्षको जिम्मेवारी समालेका थापा २०६२, ६३ को जनआन्दोलनमा जापानमा रहेको नेपाली दूतावास घेराउ गर्ने क्रममा पक्राउ समेत पर्नुभयो । २०४६ सालमा नेविसंघको स्कुल इकाई समितिबाट राजनीति सुरु गर्नुभएका थापा अध्ययनका सिलसिलामा जापान पुग्नुभएको थियो । बैकिङ, होटेल, उर्जा, सोलार, कृषि लगायतको व्यवसायमा आवद्ध उहाँ एनआरएन जापानको कार्यबहाक अध्यक्ष समेत भइसक्नुभएको छ । थापाले एमविए सम्मको अध्ययन पुरा गर्नुभएको छ । थापा नेपाली कांग्रेसको महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतले विजयी बन्नुभयो । गाउँ गाउँमा हुने सामाजिक काममा पनि थापाको साथ र सहयोग रहँदै आएको छ । थापा अहिले नेपालमै रहेर ब्यवसायलगायतमा ठूलो लगानी गरिरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय