मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकाको मातहतमा रहेकोे मधुमल्ला अस्पतालको सेवा प्रभावकारी बनाइएको छ ।
बिशेषज्ञ डाक्टरसहित ओपिटि सेवा सुरु भएको हो । हार्डजोनी तथा नसा, स्त्री रोग, नाक, कान, घाँटीसहितका डाक्टरहरुको सेवा सुरु गरिएको छ । सरकारी बिदाका दिन बाहेक प्रत्येक दिन बिहान १० बजेदेखि बेलुकी ५ः३० बजेसम्म मधुमल्लाबाटै पाइने भएको छ । साथै मधुमल्ला अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा समेत सञ्चालित रहेको छ । हाल मधुमल्लामा १० बेडको अस्पताल संचालनमा रहेको र निकट भविष्यमै १५ बेडसम्मको अस्पताल बनाउन सकिने प्रदेश नं. १ बिमा बोर्ड प्रमुख दुर्गाप्रसाद अचार्यले बताउनुभयो । स्वास्थ्य बिमासहितको सेवा मिक्लाजुङमा नै उपलब्ध भएपछि जनताले घण्टौ लाइनमा बस्नु पर्ने तथा सामान्य उपचारका लागि टाढा धाउनु पर्ने झन्झटबाट मिक्लाजुङ बासिन्दा मुक्ति मिलेको कार्यक्रमका अध्यक्ष तथा वडा नं. ९ का वडाध्यक्ष सेमन्तराज दाहालले बताउनुभयो । अस्पतालबाट बिरामीहरुलार्ई छिटोछरितो र सजिलो सेवा प्रवाह गर्न गाउँपालिका अध्यक्ष बबीकुमार राईले निर्देशन दिनुभयो । गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेललगायत अतिथि रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय