उर्लाबारी । मोरङको उर्लाबारी -६ स्थित राधिका माध्यमिक विद्यालयमा केही वर्षदेखि विद्यार्थीहरु बढ्न थालेका छन् ।शिशु कक्षादेखि १२ कक्षासम्म र प्राबिधिक तर्फ कृषि बिषयको पढाइ हुने यस विद्यालयमा करिब २हजार २ विद्यार्थी अध्ययनरत छन् ।
जिम्मेवार शिक्षक, अनुशासित विद्यार्थी र अभिभावको निरन्तर सहयोग र निगरानीका कारण विद्यालयको शैक्षिक सुधार सम्भव भएको विद्यालयका प्रधानाध्यापक कुमार पोखरेलले बताएका छन् । वर्षेनी दुई/तीन सय विद्यार्थी निजी विद्यालय छाडेर आफ्नो विद्यालयमा आउने गरेको उनको भनाई छ ।
विद्यालयमा ५ कक्षादेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको छ । शिशु कक्षादेखि कक्षा ४सम्म बेग्लै ब्लग छ।
कक्षा ११ र १२ मा , मानविकी, व्यवस्थापन, शिक्षा,बाली विज्ञान, कानुन र विज्ञानको पढाइ भइरहेको विद्यालयले जनाएको छ ।
२०२५ सालमा स्थापना भएको यो विद्यालय यश क्षेत्र कै पुरानो सामुदायिक विद्यालयमध्येको एक हो । २०६६ सालदेखि उच्च मावितहको पढाइ सुरु भएको विद्यालयमा सचेत अभिभावकले आफ्ना छोराछोरी यस विद्यालयमा भर्ना गर्दै अाएको प्रधानाध्यापक पोखरेलले बताएका छन् ।
पछिल्लो केही वर्षयता विद्यालयको शैक्षिक अवस्था सुधार हुँदै अाएको छ । शिक्षा विभागले ल्याएको एक निर्वाचन क्षेत्र एक नमूना विद्यालय कार्यक्रममा यो विद्यालय पनि छनोट भएको थियो ।
व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर राईले अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको लगातारको मिहिनेतका कारण विद्यालयको सुधार संभव भएको बताएका छन् ।
‘अभिभावकको निरन्तर निगरानी, विद्यालय व्यवस्थापन समितिको खटनपटन एवम् जिम्मेवारी वोध तथा शिक्षकहरुमा आएको सेवा भावकै कारण विद्यालयको शैक्षिक सुधार संभव भएको हो’ अध्यक्ष राईले बताएका छन् । विद्यालयमा शैक्षिक सुधारसँगै निजी विद्यालय छाडेर भर्ना हुन आउनेको संख्या बढेको उनको भनाइ छ ।
समय समयमा विद्यालयको अवलोकन भ्रमणका लागि जिल्ला भित्र र बाहिरका विभिन्न विद्यालयको टोली आउने गरेको विद्यालयका सहायक प्रधानाध्यापक रुद्रप्रसाद न्यौपानेले बताएका छन् ।
जिल्ला स्तरमा सञ्चालन हुने विद्यालयस्तरीय खेलकुद, सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरुमा समेत सो विद्यालयले राम्रो नतिजा ल्याउँदै आएको छ ।
सो विद्यालयले खेलकुदलाई प्रोत्साहन गर्न छुट्टै खेल शिक्षकको व्यवस्था गरेको छ । प्रदेश १ सरकारको सहयोगमा १ जना विद्यालय नर्सको ब्यवस्थापन र व्विद्यालयले खेलकुदलाई प्रोत्साहन गर्न छुट्टै खेल शिक्षकको व्यवस्था गरेको छ । विद्यालयमा रहेको हेल्थ डेस्कले विद्यार्थीको सामान्य स्वास्थ्य परीक्षण, अत्यावश्यक औषधि वितरण तथा स्वास्थ्य सरसफाइ र महिनावारी व्यवस्थापनमा सहयोगविद्यालयमा बढ्दै गएको विद्यार्थी संख्याको तुलनामा मानवीय र भौतिक संरचना कम हुन पुगेको व्यवस्थापन समितिका अध्यक्ष राईले बताएका छन् । वर्षेनी ठूलो संख्यामा नयाँ विद्यार्थी थप हुदै जाँदा शिक्षक र कक्षाकोठा समेत थप गर्नु पर्ने भएकाले विद्यालयलाई ठूलो व्ययभार हुने गरेको उनको भनाइ छ ।
कक्षा ५ देखि १० सम्म २ वटा भाषामा पठन पाठन गर्नुपर्दा दोब्बर जनशक्तिको व्यवस्थापन गर्नुपरेकाले व्ययभार धेरै रहेको प्रधानाध्यापक पोखरेलको भनाइ छ । विद्यालयमा अहिले सरकारी दरबन्दीमा रहेका ४२ सहित जम्मा ९१जना शिक्षक कर्मचारी कार्यरत रहेको प्रधानाध्यापक पोखरेलले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय