दमक । नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री योगेश भट्टराईले बामपन्थीहरुवीच तत्काल एकता सम्भव नभएको बताउनुभएको छ ।
दमकमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले अब हुने संघीय तथा प्रदेश निर्वाचनमा बामपन्थी दलहरु मिलेर चुनावमा जाने परिस्थति अहिले नै तयार भईनसकेको स्पष्ट बताउनुभएको हो । बामपन्थी बिचार मिल्ने दलहरुवीच कालान्तरमा भने एक हुनुको बिकल्प नभएको उहाँको भनाई थियो ।
नेता भट्टराईले गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रमसहितको वजेट ‘खिचढी’ को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, –‘बजेट चुनाव लक्षित आएको छ, वजेटले देशकै समग्र अर्थतन्त्र माथि उठाउन सक्ने आधार देखिन्न । ’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय