उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–२ डुम्रेमा सम्पन्न दुई दिवसीय प्रथम अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि सुनपकुवा माविले जितेको छ ।
हरियाली बाल क्लबको आयोजनामा भएको उक्त प्रतियोगिताको फाइनल खेलमा सुनपकुवाले शुभकामना अंग्रेजी बोर्डिङ स्कुललाई ६–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । फाइनल खेलमा सुनपकुवा माविलाई जित दिलाउन तेन्जिङ तामाङ र सुशान लिम्बूले २÷२ गोल गरे भने रोमन श्रेष्ठ र रोजिन मोतेले १÷१ गोल गरे । शुभकामनाका लागि विबश भण्डारीले पेनाल्टीमार्फत सान्तवना १ गोल गरे । प्रतियोगिताको विजेता बनेको सुनपकुवा माविले नगद ६ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता भएको शुभकामनाले नगद ४ हजारसहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझायो । यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर सनसाइन अंग्रेजी बोर्डिङका खेलाडी संगम धिमाल भए भने उत्कृष्ट डिफेन्डर सुनपकुवाका खेलाडी देवराज कार्की भए । त्यस्तै उत्कृष्ट मिडफिल्डर सुनपकुवाका खेलाडी तेन्जिङ तामाङ, उत्कृष्ट फर्वाड सुनपकुवाकै खेलाडी खेम तामाङ, हाईस्कोरर सुनपकुवाकै खेलाडी कप्तान रोमन श्रेष्ठ भए । म्यानअफ दी सिरिज भने शुभकामना अङ्ग्रेजी बोर्डिङका कप्तान विबश भण्डारी भए । उनीहरु सबैलाई मेडल र ट्रफी प्रदान गरिएको थियो । समापन कार्यक्रम बाल क्लबका अध्यक्ष महेश भण्डारी (सक्षम) को सभापतित्व एबं उर्लाबारी वडा नं. २ का वडाध्यक्ष राजनकुमार कँडेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जिब बुढाथोकी, बेतिनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीमबहादुर राई, सालबारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नगेन्द्र थापा (जर्मन), जनता समाजवादी पार्टीका उर्लाबारी नगरअध्यक्ष मात्रिका धिमाललगायतको उपस्थिति रहेको थियो ।
(निश्चल ढकालको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय