
पुजन दास
उर्लाबारी । मोरङको उर्लाबारी–२ स्थित डुम्रेमा विद्यालय स्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ ।
आज उर्लाबारी नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजनकुमार कँडेलले उक्त प्रतियोगिताको उद्घाटन गर्नुभयो । स्थानीय हरियाली बाल क्लबको आयोजनामा उर्लाबारी वडा नं.२ र ३ का ६ वटा विद्यालयको सहभागिता रहेको बाल क्लबका अध्यक्ष महेश भण्डारी (सक्षम)ले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा वडा नं. २ बाट सुनपकुवा उमावि र सुनझोडा मावि र वडा नं.३ बाट दुर्गा मावि, सुनसाईन बोर्डिङ् स्कुल, शुभकामना बोर्डिङ् स्कुल र विद्याज्योती बोर्डिङ् स्कुलको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो । भोली पहिलो सेमीफाइनल सुनपकुवा स्कुल र बिद्याज्योेति बोर्डिङ र दोस्रो खेल शुभकामना बोर्डिङ र सनसाइन बोर्डिङबीच हुने स्थानीय युवा निश्चल ढकालले जानकारी दिनुभयो । उक्त प्रतियोगिताको विजेताले नगद ६ हजार, उपविजेताले ४ हजार सहित दुवै टिमले ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने सचिब विशाल भण्डारीले बताउनुभयो । प्रतियोगितामा टप स्कोरर, वेष्ट किप्पर, वेष्ट डिफेन्डर, वेष्ट मिडफिल्डर र वेष्ट फरवार्डलाई समेत पुस्कृत गरिने उहाँको भनाई छ ।