दमक । सौन्दर्य प्रतियोगिताका नाममा सहभागी प्रतियोगीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा झापाको दमकमा एक पक्राउ परेका छन् ।
सौन्दर्य प्रतियोगितामा सहभागीले उनीविरूद्ध उजुरी दिएपछि दमक प्रहरीले दमक–५ का लालबहादुर शंकर पक्राउ गरेको हो । ‘उनीविरूद्ध उजुरी आएपछि हामीले मंगलबार नियन्त्रणमा लिएर अदालतबाट सात दिनको म्याद थप गरेका छौं’, दमक प्रहरी प्रमुख डिएसपी दिलिप गिरीले भने, ‘म्याद बुधबार थपेका हौं । अहिले अनुसन्धान जारी छ ।’
दमकमै रहेको शंकर आट्र्स फाउन्डेसनका निर्देशकसमेत रहेका लालबहादुर नृत्य प्रशिक्षकसमेत हुन् । उनले ‘मिस्टर एण्ड मिस कलेज–२०२२’ प्रतियोगिता गएको वैशाखमा आयोजना गरेका थिए । त्यही प्रतियोगिता जिताइदिने प्रलोभन देखाउँदै उनले सहभागीलाई यौन दुव्र्यवहार गर्न खोजेको उजुरी आएको प्रहरीले जनाएको छ । ‘पीडितले उजुरी दिएपछि हामीले पक्राउ गरेर अनुसन्धान जारी राखेका छौं’, डिएसपी गिरीले भने,‘पीडितको मेडिकल रिपोर्ट आउने क्रममा छ । त्यसपछि थप तथ्य आउनेछ ।’ पीडितले आफूलाई प्रतियोगिता जिताइदिने त्यसबापत के दिने भनेर बारम्बार तनाव दिएको उजुरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय