झापा । झापाको दमकमा आयोजित ‘मिस्टर एण्ड मिस कलेज– २०२२’ का सहभागी सुन्दरीहरुमाथि यौन दुव्र्यवहार भएको खुलासा भएको छ ।
लामो समयदेखि पूर्वीक्षेत्रमा ब्युटी प्याजेण्ट गर्दै आएको शंखर आर्टस् फाउन्डेसनका निर्देशक लालबहादुर शंखरले प्रतियोगीमाथि यौन दुव्र्यवहार गरेको खुलासा भएको हो । प्रतियोगितामा सहभागी एक युवतीले आफूमाथि सामाजिक सञ्जालमार्फत दुव्र्यवहार भएको बताएकी छिन् । ती युवतीले निर्देशक लालबहादुरले फेसबुक र ह्वाटएपमा भएको कुराकानी सामाजिक सञ्जालमा सार्वजनिक गर्दै अरूलाई सचेत रहन समेत आग्रह गरेकी छिन् । ‘प्रतियोगिता जित्ने हो भने मसँग नजिक हुनुपर्छ र मैले तिमीलाई जिताएँ भने मलाई के दिन्छौ ?,’ भन्नेजस्ता म्यासेज निर्देशक लालबहादुरले पठाएका छन् । यसबिषयमा कुराकानी गर्न फोन सम्पर्क गर्दा शंखर आर्टस् फाउन्डेसनका निर्देशक लालबहादुर शंखरसँग सम्पर्क हुन सकेन ।
ADVERTISEMENT