दमक । झापाको दमक नगरपालिकाको मेयरमा गठबन्धनबाट मेयर पदका उम्मेदवार राम थापाले अग्रता बढाउँदै गएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का थापाले ३७२९ मतसहित अग्रता कायम राखेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीले ३२७२ मत ल्याएकी छन्।

उपमेयरमा पनि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी रेगिना भट्टराईले अग्रता कायम राखेकी छिन्। उनले ३१३९ मत ल्याउँदा एमालेका अम्बिकाप्रसाद खनालले २९०२ मत प्राप्त गरेका छन्।

अहिलेसम्म १० वडा रहेको दमकको वडा नं. १ र १० को मतगणना सकिएको छ । १ मा एमालेका उम्मेदवार विजयी भएका छन् भने १० मा गठबन्धनबाट काँग्रेस उम्मेदवार विजयी भएका छन् । अहिलेसम्म पालिकाको ८०४९ मत गणना भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय