उर्लाबारी । नेपाली काँग्रेसबाट उर्लाबारी नगरपालिकाको मेयर पदका उम्मेद्वार खड्ग फागोले आफूले उर्लाबारीमा चन्दा आतंक निर्मूल पारेको बताउनुभयो ।
उर्लाबारीका निवर्तमान मेयर समेत रहनु भएका फागोले आफू जीवित रहुन्जेलसम्म उर्लाबारीमा कसैले धम्कीपूर्वक चन्दा माग्छ भने आफूलाई सह्य नहुने बताउनुभयो । आज काँग्रेस उर्लाबारी निर्वाचन परिचालन समितिको कार्यालयमा आयोजित कार्यक्रममा उहाँले सामाजिक सञ्जालमा आफूविरुद्ध गरिएका पोष्टले कुनै अर्थ नराख्ने बताउनुभयो । ‘सबै कुरा जनताले बुझेका छन्’ उहाँले भन्नुभयोे, ‘फेसबुकमा मेरा विरुद्ध अनर्गल प्रचार गरेर केही हुँदैन ।’
उहाँले आफू निर्वाचित भएपछि नगरलाई तिर्नुपर्ने कर अनलाइनबाटै लिने व्यवस्था मिलाउने बताउनभयो । उहाँले भन्नुभयो, ‘व्यापारी व्यवसायी तथा नगरवासीले घर, पसलमै बसेर कर तिर्ने व्यवस्था मिलाउने छु ।’
आफूलाई दादागिरी गरेको भन्ने कुराको खण्डन गर्दै उहाँले भन्नुभयो, ‘मैले दादागिरी गरेको होइन, दादागिरीलाई चाहिँ ठीक लगाएको छु ।’ नगर प्रमुख रहुञ्जल कसैलाई पनि गलत क्रियाकलाप गर्न नदिएको बताउँदै उहाँले अनर्गल प्रचारको पछि नलाग्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय