उर्लाबारी । मोरङको उर्लाबारीमा रहेको गोदावरी हस्पिटल प्रा.लिमा दुरपिन प्रबिधिबाट मृगौलाको पत्थरीको उपचार सुरु भएको छ ।
हस्पिटलमा बरिष्ठ मृगौला, मुत्रनली, मुत्रथैली, प्रोष्टेट, पत्थरी तथा मुत्ररोग विशेषज्ञ डा. इकबाल अहमदबाट दुरपिन प्रबिधिबाट मृगौलाको पत्थरीको उपचार सुरु भएको हो । पूर्वी मोरङमै दुरपिन प्रबिधिबाट मृगौलाको पत्थरीको उपचार गोदावरीबाट थालेको सञ्चालक प्रकाश चौहानले जानकारी दिनुभयो । बिरामीहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने अभिप्रायले दुरपिन प्रबिधिबाट मृगौलाको पत्थरीको उपचार सुरु गरेको उहाँको भनाई छ । स्वास्थ्य बिमा कार्यक्रमबाटै उक्त उपचार हुने पनि उहाँले बताउनुभयो । गोदावरी हस्पिटलबाट पाउने सबै सेवा स्वास्थ्य बिमा कार्यक्रमबाट हुने उहाँले जानकारी दिनुभयो । गोदावरीले भेन्डिलेटरसहितको आईसीयू सेवा डेढ महिनाभित्र सुरुवात गर्ने तयारी गरिरहेको अर्का सञ्चालक रविन कार्कीले बताउनुभयो । यसअघि नै दुरपिन प्रबिधिबाट पितथैलीको पत्थरीको उपचार थालेको थियो ।
ADVERTISEMENT