उर्लाबारी । पूर्बी मोरङको उर्लाबारीमा रहेको पशुपति आमासीय माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिँदै आइरहेको छ ।
उर्लाबारी–७ मा सञ्चालित पशुपति उर्लाबारीकै पहिलो निजी जिद्यालय हो । यहाँ उर्लाबारीसहित रतुवामाई, पथरी शनिश्चरे, मिक्लाजुङलगायत क्षेत्रका विद्यार्थीको अध्ययनका लागि आउने गरेका छन् । वि.सं. २०३७ सालमा स्थापना भएको पशुपति आमाविले यो चार दशकको अवधिमा यस क्षेत्रको शिक्षा विकासमा धेरै नै योगदान गरेको छ । २०४९ सालमा पहिलो पटक एसएलसीमा सहभागिता जनाएको यो विद्यालयबाट हालसम्म २ हजार बढी विद्यार्थीले एसएलसी (एसईई) उत्तीर्ण गरी उच्च शिक्षाको बाटो समातेका छन् । पशुपति आमावि पछि उर्लाबारी र आसपासका क्षेत्रमा अन्य निजी विद्यालय खुलेपनि यहाँ पहिलो पटक कम्प्युटर विज्ञान अध्यापन सुरु गर्ने, विद्यालय बसको प्रयोग गर्ने, विद्यार्थीलाई विदेश भ्रमणमा लान थालनी गर्ने पनि पहिलो विद्यालय पशुपति नै हो । विद्यालयले यी विषयलाई अहिले पनि निरन्तरता दिँदै आएको छ । कोभिड महामारीका कारण विदेश भ्रमण केही वर्ष हुन नसकेपनि आगामी शैक्षिक सत्रबाट यसलाई निरन्तरता दिइने विद्यालयका निर्देशक आनन्द कार्कीले जानकारी दिनुभयो । यसअघि विद्यार्थीहरुलाई भारतको कोलकाता, लखनउ, दार्जिलिङ, सिक्किम, सिलिगुडीलगायतका क्षेत्रमा शैक्षिक भ्रमणका लागि लैजाने गरिएको थियो ।

एसएलसीमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्दै आएको पशुपति बोर्डिङले बेला बखत राष्ट्रिय स्तरका विभिन्न पुरस्कार प्राप्त गरेको छ । २०५९ सालमा एसएलसीमा पूर्वाञ्चल प्रथम भई नगद ५० हजार र गोरखा दक्षिण बाहुबाट विद्यालय सम्मानित भएको थियो । २०६३ सालको एसएलसीमा पूर्वाञ्चल तृतीय भएको थियो । यहाँ अध्ययन गरेका सयौं विद्यार्थीहरु डाक्टर, इन्जिनियर, निजामति अधिकृत, पिएचडि डाक्टर भइसकेको प्रिन्सिपल प्रेमप्रसाद सुवेदी बताउनुभयो ।
तल्ला कक्षामा मन्टेश्वरी पद्दतिबाट पठनपाठन गराउँदै आएको यस विद्यालयले सैद्धान्तिकभन्दा प्रयोगात्मक विधिलाई जोड दिँदै आएको छ । विद्यार्थी आफैंले गरेर सिक्ने पद्दतिलाई अवलम्बन गरी बालबालिकाको चौतर्फी विकासमा टेवा पु¥याउँदै आएको प्रिन्सिपल सुवेदी बताउनुहुन्छ । विद्यार्थीको उमेर, क्षमता र आवश्यकता अनुरुप शिक्षण क्रियाकलाप सञ्चालन गरिएको उहाँको भनाई छ । अध्ययनका साथसाथै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको पशुपति आमाविले विगतमा एक बृहत विज्ञान प्रदर्शनी गरेको थियो । उक्त प्रदर्शनीमा बिर्तामोड, धरान विराटनगरसम्मका विद्यालयका विद्यार्थीहरु आएर अवलोकन गरेका थिए । विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्न पशुपतिले अनेक क्रियाकलाप गर्दै आएको छ । पशुपतिमा ११ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । दक्ष, अनुभवी र परिपक्वता हासिल गरेका शिक्षक शिक्षिकाबाट अध्यापन गराइने विद्यालयमा कमजोर विद्यार्थीका लागि कोचिङ कक्षाको व्यवस्था गरिएको निर्देशक कार्कीले बताउनुभयो । बालमैत्री वातावरणमा प्रयोगात्मक पद्धतिबाट निरन्तर सिकाइलाई विद्यालयले अघि बढाएको छ । टाढाबाट आउने विद्यार्थीका लागि बसको व्यवस्था, डे बोर्डसको व्यवस्था, विद्यालय हातामा सुविधा सम्पन्न क्यान्टिनको व्यवस्था, व्यस्त अभिभावकका नानीबाबुहरुलाई विद्यालयमा नै खाजा खुवाउने व्यवस्थालगायत पशुपति आमाविका विशेषता रहेका छन् ।
विद्यालयले चार आधारलाई अघि बढाएको निर्देशक कार्की बताउनुहुन्छ । पशुपतिले शिक्षक सिकाइ, अतिरिक्त तथा सहकार्यकलाप, अनुशासन र मूल्यवान् भरोसायोग्य विद्यालयको पहिचान बनाएको उहाँको भनाई छ । लामो समयदेखि कक्षा १० सम्ममात्र पठनपाठन गराउँदै आएको यो विद्यालयले शैक्षिक सत्र २०७९ देखि कक्षा ११ सञ्चालन गर्ने तयारी गरेको छ । विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन गर्ने गरी कक्षा ११ सञ्चालन गर्न सम्पूर्ण प्रक्रिया पूरा गरिएको निर्देशक कार्कीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय